News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाममा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै

इलाम— इलाम २ मा मतगणनामा ढिलाइ भएको छ। यसअघि शनिबार राति करिब १०–११ बजेपछि मतगणना शुरु हुने भनिएको थियो। तर मतपेटिका अबेर राति १ बजे मात्र सदरमुकाम आएपछि निर्धारित समयमा मतगणना शुरु नसकेको हो।

शनिबार राति नै मतगणना गर्नेमा नेकपा एमालेले असहमति जनाइरहेको थियो। एमालेका लागि इलामका चुनावी कमान्डर कृष्ण काफ्लेले आइतबारदेखि मात्रै मतगणना गर्न आफूहरू चाहिरहेको बताएका थिए।

Prabhu Bank

यद्यपि, इलामका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले भने शनिबार रातिदेखि नै मतगणना गर्ने दाबी गरेका थिए। तर त्यो सम्भव भएन।

matpetika_illam-1714264109.jpg
अब आज बिहान ७ बजे सर्वदलीय बैठक बस्ने र त्यसपछि मात्रै मतगणना शुरु हुने प्रजिअ यादवले जानकारी दिए।

शनिबार साँझ ५ बजे सम्पन्न इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ। 

एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतदान गर्नेमा ३५ हजार १३५ पुरुष, ३४ हजार १५० महिला र २ जना अन्य छन्। महिलाको तुलनामा मतदान गर्ने पुरुषको संख्या ९८५ जना बढी छ। यो क्षेत्रमा १९ उम्मेदवार चुनावी मैदानमा छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:१४
Weather Update