News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
यी स्थानमा वर्षाको सम्भावना, लुम्बिनी, मधेस र कोशी प्रदेशमा हावाहुरीको जोखिम

काठमाडौं— हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Prabhu Bank

देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। 

आज राति कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। विगत केही दिन देखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकोले तातो हावाबाट बच्न महाशाखाले आग्रह गरेको छ।

भोलि  कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ, भने लुम्बिनी, मधेस र कोशी प्रदेश केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:३४
Weather Update