News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा सर्वदलीय बैठक जारी 

चैनपुर— बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ। 

केहीबेरअघिदेखि बैठक जारी रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।

Prabhu Bank

उनका अनुसार बैठकले आचारसंहितामा तयार गर्नेछ र त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए।

शनिबार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। 

शनिबार नै उपनिर्वाचन भएको इलाम क्षेत्र नं २ को मतगणना भने केहीबेरअघि सुरु भएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:०९
Weather Update