News Griha :: न्यूजगृह
बझाङको मतगणना दिउँसो १ बजेबाट हुने 

काठमाडौं— बझाङ प्रदेशसभा (१) को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ। 

केहीबेरअघि सकिएको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो। 

शनिबार सम्पन्न उपनिर्वाचनको मतपेटिका आइतबार बिहान मात्र चैनपुर आइपुगेको थियो। 

बझाङको प्रदेश सभाको एक जनाको लागि ११ जनाबीच प्रतिस्पर्धा भएको थियो। 

शनिबार नै उपनिर्वाचन भएको इलाम–२ को मतगणना भने सुरु भएको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:२१
Weather Update