News Griha :: न्यूजगृह
इलाम–२ को मतगणना सुरु 

काठमाडौं— शनिबार सम्पन्न इलाम क्षेत्र नं २ को मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो।

बिहान ११ बजेबाट मतगणना सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिला भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो। 

सबैभन्दा पहिला फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु भएकाे हाे। 

त्यसपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलाम नगरपालिकाको गणना हुने मुख्य निर्वाचन आयोगको कार्यालयले जनाएको छ। त्यस्तै वडा–वडाको गणनापछि परिणाम सार्वजनिक गरिने बताइएको छ। 

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा १ सिटका लागि १९ जनाबीच प्रतिस्पर्धा भएको थियो। 

शनिबार सम्पन्न निर्वाचनमा करिब ५८ प्रतिशत हाराहारीमा मत खसेको थियो। 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:०१
Weather Update