News Griha :: न्यूजगृह
सागर ढकालले एकै ओभरमा लिए वेस्ट इन्डिजको दुई विकेट

काठमाडौं— घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ। वेस्ट इन्डिजको दुवै विकेट सागर ढकालले लिएका हुन्।

उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान जोन्सन चार्लिसलाई बोल्ड गरेका हुन्।

त्यसअघि वेस्ट इन्डिजको पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान एलिक अथान्ज आउट भएका थिए। सो विकेट पनि सागर ढकालले नै लिएका हुन्। उनले कुशल मल्लद्वारा क्याच गराएका थिए। 

किर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो। यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो।

sagar_dhakal_2-1714287874.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:४९
Weather Update