News Griha :: न्यूजगृह
नेपालका बलरसामु वेस्ट इन्डिज दबाबमा, झर्यो चौथो विकेट

काठमाडौं— वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले चौथो विकेट लिएको छ। तेस्रो र चौथो विकेट कुशल भुर्तेल लिएका हुन् भने पहिलो र दोस्रो विकेट सागर ढकालले लिएका हुन्।

तेस्रो विकेटको रुपमा कुशलले वेस्ट इन्डिजका कप्तान रोस्टन चेसलाई बोल्ड गरेका हुन्।

चौथो विकेटको रुपमा कुशले नै केसी कार्टीलाई रोहित पौडेलबाट क्याच गराए। ठूलो सट खेल्न खोजेपनि एज लागेर हाइ गएको बल क्याच हुन पुगेको हो।

यसअघि सागर ढकालले दुवै ओपनरलाई आउट गरेका हुन्। 

टस जितेर पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिज ‘ए’ले १४.३ ओभर सकिँदा ४ विकेट गुमाएर ९२ रन जोडेको छ।

नेपालका स्पिनरसामु खुल्न नसकेको वेस्ट इन्डिज अहिले दबाबमा देखिन्छन् ।   

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:२०
Weather Update