News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सन्दीपको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा 

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनकाे मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ। 

आइतबारका लागि उच्च अदालत पाटनमा पेसी तोकिएको थियो। तर समय अभावका कारण न्यायाधीशले ‘हेर्न नभ्याइने’ मा राखेका हुन्। 

Prabhu Bank

आज सन्दीपको मुद्दा उच्च अदालतका  न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको ४ नम्बर इजलासमा परेको थियो। 

यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेसी आजलाई सारेको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम ढकालको इजलासमा वैशाख १० गते पेसी तोकिएको थियो। 

तर न्यायाधीशद्वयले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेर आजका लागि पेसी तोकेका हुन्।  

यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा अदालतले वडाबाट जन्ममितिको कागजात मगाउन आदेश दिएको थियो। 

 जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १७:३६
Weather Update