News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

काठमाडौं—  फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्। 

Prabhu Bank

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी हवाई टिकट मिलाई दिने भनी ठगी गर्ने गरेको उजुरी परेपछि खोजतलासका क्रममा काठमाडौंको गोकर्णेश्वरस्थित नमुना बस्तीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनले बागबजारमा जोइन्ट भिजन ट्राभल्स एण्ड टुर्स  सञ्चालन गर्दै गरेको पाइएको छ। उनलाई कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १८:२०
राजनीति
विशेष
Weather Update