News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईसीसी टी२० विश्वकप खेल्ने सन्दीपको सम्भावना लगभग समाप्त

काठमाडौं— फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो। यसअघि वैशाख १० गते पनि तोकिएको पेसी हेर्न नभ्याइनेमा चढेको थियो।  

Prabhu Bank

जिल्ला अदालत काठमाडौंले ‘गौशाला २६ ले दायर गरेको मुद्दामा दोषी ठहर भएपछि सन्दीप फैसला पुनरावलोकनका लागि उच्च अदालत पुगेका हुन्। सन्दीपको अब अर्को सुनुवाइ एक सातापछि हुने छ। 

जसका कारण उच्चबाट सफाइ पाए पनि उनले टी२० विश्वकप खेल्ने सम्भावना निकै न्यून देखिएको छ। जुनमा हुने आईसीसी टी२० विश्वकप क्रिकेटका लागि सबै टिमले मे १ तारिख (वैशाख १९ गते)सम्म स्क्वाड आईसीसीमा बुझाउनु पर्ने समयसीमा छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:३७
Weather Update