News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा २५ प्रतिशत मत गणना हुन बाँकी, कांग्रेसको अग्रता कायमै 

काठमाडौं— बझाङ प्रदेश सभा क्षेत्र नं. १ उपनिर्वाचन अन्तर्गत जारी मत गणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ। ३३ वटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ८ हजार ४०६ मत प्राप्त गरेका छन्। 

उनलाई पछ्याइरहेका एमाले उम्मेदवार दमनकुमार भण्डारीले ८ हजार १६५ ल्याएका छन्। 

Prabhu Bank

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका प्रत्यासी जनक बुढाले ३ हजार  ११३ मत ल्याएका छन्। चौथो स्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २६६ मत प्राप्त गरेका छन्।

बझाङमा अहिलेसम्म २२ हजार ७ सय ८७ मत गणना भइसकेको छ। शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ मत  खसेको थियो। याे हिसाबले अब २५ प्रतिशत मत गणना हुन बाँकी छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:५०
राजनीति
विशेष
Weather Update