News Griha :: न्यूजगृह
सुहाङको मत १० हजारमाथि 

काठमाडौं— इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेले २८५३ मतले अग्रता लिएको छ। 

भरखरै सार्वजनिक मत परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले १० हजार ३ मत पाएका छन्।

Prabhu Bank

उनलाई कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन्।  

पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ५ हजार ५९१ र रास्वपाका मिलन लिम्बूले १ हजार ४४३ मत पाएका छन्।

डकेन्द्रले माङसेवुङ क्षेत्रमा मत गणना सुरु भएसँगै डम्बरसँगको मतान्तर कम गर्दै लगेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:०१
Weather Update