News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
इलाम–२ मा ३७ सयको मतान्तरसहित सुहाङ अघि

काठमाडौं— इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३ हजार भन्दा बढीको अग्रता कायम राखेका छन्। 

निर्वाचन आयोगका अनुसार हालसम्म सुहाङले ११ हजार ९ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार २ सय ७५ मत प्राप्त गरे। 

Prabhu Bank

उनीहरुबीचको अन्तर ३ हजार ७ सय ३४ रहेको निर्वाचन आयोगले जनाएको छ। 

त्यसैगरी पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले हालसम्म ५ हजार ८ सय ६९ मत प्राप्त गरेका छन्। यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५ सय मत प्राप्त गरेका छन्। 

शनिबार भएको इलाम २ को उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:२४
राजनीति
विशेष
Weather Update