News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नाभाल्नीको मृत्युमा पुटिनको संलग्नता देखिएनः अमेरिकी गुप्तचर

काठमाडौं— संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमिर पुटिनको हात नरहेको जनाएका छन्। 

अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा  मृत्यु भए पनि उनलाई मार्ने योजना पुटिनले नबनाएको उल्लेख गरिएको छ।

Prabhu Bank

वाल स्ट्रिट जर्नलले नाम नलिई यस विषयमा परिचित व्यक्तिहरूलाई उद्दृत गर्दै अमेरिकी गुप्तचर एजेन्सीहरूले नाभाल्नीको मृत्युमा पुटिन दोषी नभएको बताएका हुन्।

रूसी राष्ट्रपतिले नाभाल्नीको मृत्युमा कुनै आदेश नदिएको निष्कर्ष निकालेका हुन्। यो खोज खुफिया समुदाय भित्र व्यापक रूपमा स्वीकार गरिएको छ।

अमेरिकन केन्द्रीय गुप्तचर एजेन्सी राष्ट्रिय खुफिया निर्देशकको कार्यालय र राज्य विभागको गुप्तचर इकाईसहित धेरै एजेन्सीहरूले संयुक्त रूपमा गरेको अनुसन्धानपछि यो निष्कर्ष निकालिएको हो।

उनीहरूका अनुसार पुटिनले नाभाल्नीको मृत्युको बारेमा सचेत थिए। त्यसैले उनको रेखदेख गर्न बरु सिधा आदेश दिएका थिए। प्रतिवेदनले नाभाल्नीको मृत्युको लागि पुटिन अन्ततः जिम्मेवार भने रहेको जनाएका छन्। उनको स्वास्थ्यका बारेमा पुटिन गम्भीर नहुदाँ उनले जेलमा क्रूर अवस्था भने सहनु परेको थियो।

४७ वर्षीय नाभाल्नी रुसका चर्चित विपक्षी राजनीतिज्ञ र पुटिनका कट्टर आलोचक थिए। फेब्रुअरी १६ मा उनको मृत्युको भएको थियो। उनी अतिवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:११
राजनीति
विशेष
Weather Update