News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
२४ घण्टामा डढेलोबाट २२ जिल्लाका ६७ स्थानमा क्षति 
फाइल तस्बिर।

काठमाडौं— पछिल्लो चौबीस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुर्याएको छ।  सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाइते छन् भने ५० घरमा क्षति पुगेको छ। ८ वटा गोठ पनि जलेर नष्ट भएका छन्। आगो भने नियन्त्रणमा आइसकेको छ।

गृह मन्त्रालयको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाकी उपसचिव रमा आचार्यका अनुसार यो अवधिमा डढेलोबाट करिब ३ करोड बराबरको आर्थिक क्षति भएको छ। 

Prabhu Bank

६९ वटा सामुदायिक वनमा भने अहिले पनि डढेलो नियन्त्रणमा आइनसकेको आचार्यले बताइन्। 

डढेलोबाट भक्तपुर, काठमाडौं, ललितपुर, ओखलढुंगा, भोजपुर, उदयपुर, खोटाङ, रसुवा, मकवानपुर, सिन्धुली, कास्की, गुल्मी, प्यूठान, पाल्पा, अर्घाखाँची, बर्दिया, दाङ, रोल्पा, सुर्खेत, दैलेख, डोटी र डडेलधुराका सामुदायिक वनमा डढेलोबाट क्षति पुगेको विवरण प्राप्त भइरहेको उपसचिव आचार्यले बताइन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:४५
राजनीति
विशेष
Weather Update