News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भोजपुरमा जीप दुर्घटना

भोजपुर— भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

वालाङ्खाबाट पैयुँटार जाँदै गरेको को १ ज २६१७ नम्बरको जीप दूधकोशी नदी किनारमा खस्दा एक जनाको मृत्यु भएको हो।

Prabhu Bank

दुर्घटनामा आमचोक गाउँपालिका– १० की २७ वर्षीया रूगा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए। 

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा अस्पताल पठाइएको छ।

घाइतेहरूको पहिचान खुल्न सकेको छैन। थप  विवरण आउन बाँकी छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:५५
राजनीति
विशेष
Weather Update