News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
भोजपुर जीप दुर्घटना अपडेटः मृतक संख्या दुई पुग्यो 

भोजपुर— भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ।

सोमबार बिहान १ ज २६१७ नम्बरको जीप दूधकोसी नदी किनारमा दुर्घटना भएको हो। दुर्घटनामा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए।  

Prabhu Bank

प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका–१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। 

उक्त जीपमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:३५
राजनीति
विशेष
Weather Update