इलाम—२ मा एकीकृत समाजवादीको मत ४०८, झलनाथ थिए चुनावी कमान्डर मंगलबार, वैशाख १८, २०८१

इजरायल र हमासबीच युद्धविरामको संकेत मंगलबार, वैशाख १८, २०८१ ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा दोस्रो युद्धविराम हुनसक्ने सम्भावना देखिएको छ।हमास नेता याह्या सिनवारका अनुसार हमास इजरायली बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा सहमत भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हमासले इजिप्ट र इजरायलको प्रस्तावमा आफूलाई कुनै समस्या नभएको बताएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर मंगलबार, वैशाख १८, २०८१ राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो ।

कोलकातासँग दिल्ली पराजित मंगलबार, वैशाख १८, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको छ। १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। ओपनर फिल साल्टले अर्धशतक पूरा गरे।

इलाम-२ मा घण्टीको जमानत जफत मंगलबार, वैशाख १८, २०८१ इलाम २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर खड्का २१ हजार ९४२ मत प्राप्त गरेका छन्। त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरेका...

इलाम २ मा ५ हजार ८ सय मतान्तरले सुहाङ विजयी मंगलबार, वैशाख १८, २०८१ इलाम २ प्रतिनिधि सभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन्। आज बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन्।

कस्तो छ आजको मौसम ? मंगलबार, वैशाख १८, २०८१ त्यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सगरमाथासहितका हिमालबाट १ हजार ९ सय किलो बढी फोहोर सङ्कलन सोमबार, वैशाख १७, २०८१ ‘एन इन्डेभर टू सेभ द हिमालयज’ भन्ने मूल आशयका साथ सञ्चालित यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पबाट करिब १० टन फोहोर र पाँचवटा मानव शव सङ्कलन गर्ने लक्ष्य लिइएको छ। गत चैत २९ गतेदेखि सुरु भएको अभियान आगामी जेठ २३ गते विश्व वातावरण दिवसको दिन सकिने प्रधान...
कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य सोमबार, वैशाख १७, २०८१ कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको छ।सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।

कैलाश सिरोहिया भन्छन्- शंका लागे नागरिकता अनुसन्धान गर्नु सोमबार, वैशाख १७, २०८१ उनले कसैको नाम उल्लेख नगरी कान्तिपुरले प्रकाशित गर्दै आएका समाचारबाट अत्तालिएको कोही कसैले ‘स्टन्टबाजी’ गरेर प्रभावित पार्न खोज्छ भने त्यो स्वैरकल्पना मात्र हुने समेत बताएका छन्। साथै उनले विज्ञप्तिमा विभिन्न कालखण्डका शासकहरूले विगतमा पनि यस्ता हतकण्डा गरेको उल्लेख गर्दै कान्तिपुरले गर्दै आएको निर्भीक पत्रकारिता आफैमा पर्याप्त जवाफ भएको उल्लेख गरेका...

इलाम-२ मा ४४ हजार ९७२ मत गणना, अब २४ हजार ३१५ मत गन्न बाँकी सोमबार, वैशाख १७, २०८१ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको मत गणना भइरहेको छ। इलाम- २ का ४२ वडामध्ये अब जम्मा १३ वडा गन्न बाँकी छ।इलाम-२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।नेम्वाङले अहिलेसम्म १९११४ मत पाएका छन्। नेम्वाङ र डम्बरबहादुर खड्काबीचको मतान्तर ६ हजार ४३८ छ। उनका निकटतम...
-1714286381.jpg)
इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै, डम्बर भन्दा ५८५७ मतले अगाडि सोमबार, वैशाख १७, २०८१ प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रतालाई कायमै राखेका छन्।फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिका, माई र देउमाई नगरपालिका–१, २, ३, ४ र ५ को मत गणना सकिएको छ।पछिल्लो मत परिणामअनुसार एमालेका नेम्वाङले १८ हजार १९६ मत पाएका छन्। मुख्य निर्वाचन...

गण्डकीका मुख्यमन्त्री खगराजको नियुक्ति वैधानिक ठहर, सुरेन्द्र पाण्डेको रिट खारेज सोमबार, वैशाख १७, २०८१ गण्डकी सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।









