चट्याङ लागेर ७२ भेडा मरे सोमबार, जेठ ७, २०८१

कांग्रेसले भन्यो– प्रधानमन्त्रीले संसदीय इतिहासमै अनौठो नजिर स्थपित गर्नुभयो सोमबार, जेठ ७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षीहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएर अनौठो नजिर स्थापित भएको जनाएको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सो कुरा बताएका हुन्। संसद्मा विपक्षीहरुले विरोध जनाइरहेका बेला प्रधानमन्त्रीले विश्वासको मत लिएको इतिहास...
-1715927453.jpg)
कांग्रेसले बोलायो विपक्षी दलको बैठक सोमबार, जेठ ७, २०८१ संसद्मा निरन्तर विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेससहित विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन्। आजको बैठकको समीक्षा र आगामी बैठकको रणनीति बनाउनका लागि विपक्षी दलको बैठक बोलाइएको कांग्रेस सांसद रामहरी खतिवडाले जानकारी दिए। विपक्षी दलको बैठकपछि संसदीय...

संसद्मा अवरोधकाबीच प्रधानमन्त्रीले पाए विश्वासको मत सोमबार, जेठ ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गरेका हुन्। आजको बैठकको मतदान प्रक्रियामा १५८ जना सहभागि रहेका थिए। जसमध्ये प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको छ भने मत दिन्न भन्ने पक्षमा एक मत मात्रै परेको हो। संविधानको धारा...
-1714474494.jpg)
आकर्षक रोजगारीको प्रलोभनमा ओमन पुर्याएर बेचबिखन गर्ने एक जना पक्राउ सोमबार, जेठ ७, २०८१ पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–९ शिबचोकबाट पक्राउ गरेको हो।
-1716188875.jpg)
कांग्रेसलाई प्रचण्डको चेतावनी– तपाईँहरुले ठूलो मूल्य चुकाउनुपर्नेछ सोमबार, जेठ ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को आजको गतिविधिबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेसले अवरोध कायम गरिरहेको छ। सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेका छन्। कांग्रेसले होहल्ला गरिरहँदा जबरजस्ती रुपमा विश्वासको मतको प्रक्रिया अघि बढाइएको...
-1716187649.jpg)
संसद्मा विपक्षीको बेवास्ता, जबरजस्ती विश्वासको मत लिने प्रक्रिया अघि बढाइयो सोमबार, जेठ ७, २०८१ संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षीको होहल्लाकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्।आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेससहित विपक्षी दलहरुले होहल्ला गरिरहे पनि विश्वासको मत लिने प्रक्रिया अघि बढिरहेको छ। होहल्लाकाबीच प्रधानमन्त्रीले विश्वासको मत मागेका छन्। संसद्मा अवरोध कायम रहँदा सभामुख देवराज घिमिरेले मर्यादापालकको सहयोगमा प्रधानमन्त्रीलाई रोस्टमसम्म...

कांग्रेसको होहल्लाबीच संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्ड सोमबार, जेठ ७, २०८१ संसद्मा कांग्रेससहित विपक्षी दलहरुको अवरोध कायम रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसले होहल्ला गरिरहेको छ। तर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागिरहेका छन्। यसअघि आजै बसेको बैठकमा कांग्रेसले अवरोध गरेको थियो। कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको थियो।
-1716186030.jpg)
पाराओलम्पिक छनोट खेल खेल्न थाइल्याण्ड उडे थापा र भारती सोमबार, जेठ ७, २०८१ सन् २०२४ को अगष्ट र सेप्टेम्बरमा आयोजना हुने पेरिस पाराओलम्पिकका लागि छनोट खेल खेल्नका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ। सोमबार नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पाराओलम्पिक वल्र्ड क्वालिफिकेसन खेलका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन्।
-1716185490.jpg)
संसद्मा कांग्रेसको अवरोध, १५ मिनेटका लागि बैठक स्थगित सोमबार, जेठ ७, २०८१ आज बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ। यसअघि निरन्तर संसद्मा अवरोध गरिरहेको कांग्रेसले आज पनि निरन्तरता दिएको हो। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समितिको माग कांग्रेसले गरिरहेको छ।
-1716184453.jpg)
कांग्रेसलाई सभामुखको आग्रह– छानबिन समितिको गृहकार्य भइरहेको छ, आज सहकार्य गरौँ सोमबार, जेठ ७, २०८१ सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद् बैठकमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका छन्। आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसद्मा हुने मतभेदहरुलाई मिलाएर लैजानुपर्नेमा जोड दिएका हुन्। गत जेठ १ गते नीति तथा कार्यक्रमका बेलामा सत्ता र प्रतिपक्ष...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ‘ह्वीप’ सोमबार, जेठ ७, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसद्हरुलाई ‘ह्वीप’ जारी गरेको छ। रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले विज्ञप्ति जारी गर्दै आज बस्ने प्रतिनिधि सभा बैठकमा अनिवार्य रुपमा उपस्थित भएर विश्वासको मत दिन आग्रह गरेका हुन्।

हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपतिको निधन सोमबार, जेठ ७, २०८१ हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसीको निधन भएको छ। आइतबार खराब मौसमका कारण राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर बेपत्ता भएको थियो। सोमबार दुर्घटनास्थल पत्ता लागेसँगै उद्दारकर्ताहरु त्यहाँ परिचालन गरेर खोजी गरिएको थियो। इरानका राष्ट्रपति रायसीसहित त्यहाँका विदेशमन्त्री हुसेन अमिरबदुल्लाहियानको समेत मृत्यु भएको अलजजिराले जनाएको छ। ।









