News Griha :: न्यूजगृह
कांग्रेस संसदीय दलको बैठक जारी  
कांग्रेस संसदीय दलको बैठक जारी   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। केहीबेरअघि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको छ। जारी बैठकमा सहकारी ठगी प्रकरणका विषयमा छलफल भइरहेको छ। आइतबार बसेको संसद् बैठकमा उपप्रधान एवं गृहमन्त्रीको सम्बोधनको विषयमा पनि समीक्षा हुनेछ। 
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने
भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ।
सुन लुटपाट गर्ने दुई जना पक्राउ
सुन लुटपाट गर्ने दुई जना पक्राउ नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका...
उपेन्द्र यादवले सर्वोच्च अदालतमा दिएको रिटमा आज सुनुवाइ हुँदै
उपेन्द्र यादवले सर्वोच्च अदालतमा दिएको रिटमा आज सुनुवाइ हुँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राई नेतृत्वमा गठित जनता समाजवादी पार्टी (जसपा)का ७ जना सांसदलाई विश्वासको मतमा सहभागी नगराउन माग गर्दै दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ।
तनहुँको दमौली बजारमा भीषण आगलागी, १२ घरका २० सटर जलेर नष्ट
तनहुँको दमौली बजारमा भीषण आगलागी, १२ घरका २० सटर जलेर नष्ट तनहुँको दमौली बजारमा भीषण आगलागी हुँदा २० सटर जलेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति ब्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा रहेका पसलहरूमा आगलागी भएको हो।
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको के छ? [सूचीसहित]
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको के छ? [सूचीसहित] नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। आइतबार खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको...
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौंमा हावाहुरीसहित वर्षा काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ। आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भएको हो।
इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धार टोली पठाइयो
इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो, उद्धार टोली पठाइयो खोज तथा उद्धारका लागि टर्कीबाट खटिएको ड्रोनले इरानको पूर्वी अजरबैजान प्रान्तको पहाडी क्षेत्रमा जलेको अवस्थामा फेला पारेको टर्कीस्थित समाचार एजेन्सी अनादोलुले जनाएको छ। जलेको ठाउँ भेटिएलगत्तै त्यहाँ उद्धारकर्मीहरूको टोली खटिएको छ। 
नरभक्षी बाघ मर्‍यो
नरभक्षी बाघ मर्‍यो मकवानपुरको मनहरिमा दुईजनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ।सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो।शनिबारदेखि बिरामी परेको बाघ आइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। दश वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो।
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। 
आईपीएलको प्लेअफको समीकरण पुरा
आईपीएलको प्लेअफको समीकरण पुरा इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफको समीकरण पुरा भएको छ। समुह चरणका खेल सकिएसँगै आईपीएलको प्लेअफको समीकरण पुरा भएको हो। आइतबार राति राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो। खेल रद्द भएपछि दुवै टिमले एक/एक अंक लिएका छन्। 
कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे समीक्षा हुने
कांग्रेस संसदीय दलको बैठक बस्दै, गृहमन्त्रीको सम्बोधनबारे समीक्षा हुने संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिबार नै सहमति भइसकेको छ। तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन। कांग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने भन्दै आएको छ।
Weather Update