News Griha :: न्यूजगृह
इरानमा पाँच दिनको राष्ट्रिय शोक
इरानमा पाँच दिनको राष्ट्रिय शोक इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ ।इरानको सरकारी मिडियाका अनुसार राष्ट्रपति रयसीसहित ९ जनाको निधनमा पाँच दिनको राष्ट्रिय शोक घोषणा गरिएको हो ।
चरन क्षेत्रमा परिणत भयो पर्यटकीय नाढिमन ताल
चरन क्षेत्रमा परिणत भयो पर्यटकीय नाढिमन ताल सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ। सदरमुकाम मलङ्गवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका–७ स्थित उक्त ताल एक वर्षदेखि गौचरनमा परिणत भएको हो। माछापालन गर्न ठेक्का लिएका ठेकेदारले तालको पानी सुकाएपछि घाँस उम्रिएको छ। 
कांग्रेसद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान 
कांग्रेसद्वारा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको छ। मंगलबार बिहान ११ बजेका लागि संयुक्त बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले न्यूजगृहलाई जानकारी दिए। पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा गहन छलफलका लागि बैठक बोलाइएको उनले बताए।  बैठकमा आज प्रधानमन्त्रीले संसद्बाट लिएको विश्वासको मत र आइतबार उपप्रधान...
सुर्खेतमा बस दुर्घटनाः २ जनाको मृत्यु, २१ जना घाइते 
सुर्खेतमा बस दुर्घटनाः २ जनाको मृत्यु, २१ जना घाइते  सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा भन्ने स्थानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने बसमा सवार २१ जना घाइते भएका छन्।सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ७० वर्षीय...
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, मारमा बिरामी  
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, मारमा बिरामी   हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन्। मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ। 
रातो पासपोर्ट काण्डः गृहमन्त्रीलाई कारबाही गर्न धनराजले लेखे सभामुखलाई पत्र 
रातो पासपोर्ट काण्डः गृहमन्त्रीलाई कारबाही गर्न धनराजले लेखे सभामुखलाई पत्र  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न माग गर्दै सभामुखलाई पत्र लेखेका छन्। पूर्व कानुनमन्त्री समेत रहेका सांसद गुरुङले लामिछानेको आइतबार संसद्को अभिव्यक्तिले आफ्नो मानमर्दन भएको भन्दै कारबाही गर्न माग गरेका हुन्। 
शेयर बजारमा हरियाली, नेप्सेमा दोहोरो अंकको बढोत्तरी
शेयर बजारमा हरियाली, नेप्सेमा दोहोरो अंकको बढोत्तरी शेयर बजार बढ्ने क्रम साताको दोस्रो दिन पनि जारी छ। सोमबार २७.५४ अंकले बढ्दै नेप्से परिसूचक २०९२.०० बिन्दुमा पुगेको छ। १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ। यसअघि आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँको शेयर कारोबार...
संसद्भित्र बधाई नपाएको विश्वासको मत
संसद्भित्र बधाई नपाएको विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत पाएका छन्। 
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ। निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो। 
कांग्रेस बैठकको समीक्षाः सभामुखको भूमिका गैरजिम्मेवार, गृहमन्त्रीलाई पदीय मर्यादा थाहा भएन 
कांग्रेस बैठकको समीक्षाः सभामुखको भूमिका गैरजिम्मेवार, गृहमन्त्रीलाई पदीय मर्यादा थाहा भएन  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको संसद् बैठकको समीक्षा गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका छन्। कांग्रेससहित विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संसदीय दलको बैठक बोलाएको कांग्रेसले सो विषयमा समीक्षा गरेको हो। बैठकपछि पत्रकार सम्मेलन गरी कांग्रेसका प्रमुख सचेतक रमेश...
दमौली आगलागी अपडेटः क्षतिको विवरण संकलन गरिँदै 
दमौली आगलागी अपडेटः क्षतिको विवरण संकलन गरिँदै  तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण संकलन सुरु गरिएको छ। गएराति १२ः ४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो। उक्त आगलागीबाट भएको क्षतिको विवरण संकलन थालिएको प्रहरीले जनाएको छ। 
राष्ट्रिय सभामा कांग्रेसको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित 
राष्ट्रिय सभामा कांग्रेसको निरन्तर अवरोध, भोलिसम्मका लागि बैठक स्थगित  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। सोमबार बसेको राष्ट्रिय सभा बैठकको कारबाही प्रारम्भ सुरु भएसँगै कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए। यसअघिका बैठकहरुमा पनि कांग्रेसले निरन्तर अवरोध गर्दै आइरहेको थियो। कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै निरन्तर संसदीय छानबिन समिति...
Weather Update