News Griha :: न्यूजगृह
कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु
कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु घोडाघोडी नगरपालिका- ९ उत्तरपूर्वा बस्ने लालसिंह बिकको १५ वर्षीया छोरी ममताको  सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो। 
महाधिवेशन प्रतिनिधि चयन गर्न जसपा नेपालले बनायो निर्वाचन समिति
महाधिवेशन प्रतिनिधि चयन गर्न जसपा नेपालले बनायो निर्वाचन समिति जनता समाजवादी पार्टी नेपालले जनकपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका प्रतिनिधि निर्वाचन गर्न सातै प्रदेश प्रदेशमा निर्वाचन तदर्थ समिति गठन गरेको छ। केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रत्येक प्रदेशमा ३ सदस्यीय समिति हुने गरी प्रदेश निर्वाचन तदर्थ समिति गठन गरेको छ।
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ इजरायलले गाजामा रहेको रफाह हमासको अन्तिम गढ रहेको बताएको छ। संयुक्त राष्ट्रसंघको अनुमान अनुसार इजरायली सेनाले राफाहमा गरेको अभियानपछि करिब आठ लाख मानिसले इलाका छाडेका छन्। अमेरिकाले इजरायललाई राफाहमा सैन्य कारबाही नगर्न दबाब दिएको थियो।
डलरको भाउ स्थिर, अरूको कति?  
डलरको भाउ स्थिर, अरूको कति?   नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ। आइतबारदेखि नै डलरको भाउको स्थिर रहेको हो। 
वैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा
वैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा भएको छ।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात गरिएकोमा एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात गरिएको थियो।
राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो
राखेपको मिसन २०२६ का लागि ५ खेल थपियो राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न ५ खेल थप गरेको छ।मिसन– २०२६ अन्तर्गत दोश्रो चरणमा ५ खेल थप गरिएको हो। पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए। 
लिभरपुलको मुख्य प्रशिक्षकमा स्लट नियुक्त
लिभरपुलको मुख्य प्रशिक्षकमा स्लट नियुक्त जर्गेन क्लोपले लिभरपुलमा ९ वर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन्। यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए।
काठमाडौंको थलीमा एक पुरुषको शव फेला पर्‍यो, हत्याको आशंका
काठमाडौंको थलीमा एक पुरुषको शव फेला पर्‍यो, हत्याको आशंका थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरीले जनाएको छ। घटनास्थलमा ब्लेड समेत फेला परेको छ। 
सहकारीको रकम अपचलन: संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
सहकारीको रकम अपचलन: संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन्। सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन्।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोध गर्ने अडानमा कांग्रेस
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, अवरोध गर्ने अडानमा कांग्रेस संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक मंगलबार बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न...
आईपीएलमा फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद खेल्दै
आईपीएलमा फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद खेल्दै जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ।
यी स्थानमा आज वर्षाको सम्भावना
यी स्थानमा आज वर्षाको सम्भावना हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
Weather Update