News Griha :: न्यूजगृह
लिभरपुलको मुख्य प्रशिक्षकमा स्लट नियुक्त

काठमाडौं— आर्ने स्लट लिभरपुलको मुख्य प्रशिक्षक बनेका छन्। लिभरपुलले स्लटलाई आफ्नो नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो।

उनले १ जुनदेखि आफ्नो पद सम्हाल्ने लिभरपुलले जनाएको छ। स्लटसँग तीन बर्षको सम्झौता भएको पनि लिभरपुलले जनाएको छ।

४५ वर्षीय स्लटले लिभरपुलमा जर्गेन क्लोपको स्थान लिने छन्। नेदरल्याण्ड्सका स्लट हाल फेयेनोर्ड क्लबका प्रशिक्षक छन्।

जर्गेन क्लोपले लिभरपुलमा ९ वर्ष प्रशिक्षकको रुपमा बिताएर क्लब छोडेका छन्। यस अवधिमा उनले लिभरपुललाई एक प्रिमियर लिग र एक च्याम्पियन्स लिग जिताएका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०७:४२
Weather Update