News Griha :: न्यूजगृह
प्रचण्डको सम्पत्तिः २५ लाख नगद र ५ तोला सुन [विवरणसहित]
प्रचण्डको सम्पत्तिः २५ लाख नगद र ५ तोला सुन [विवरणसहित] प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग २५ लाख रुपैयाँ खातामा रहेको छ।एभरेस्ट बैंक लिमिटेडमा प्रतिनिधि सभा सदस्यको हैसियतमा २५ लाख रुपैयाँ जम्मा भएको देखाइएको छ। त्यसैगरी पैत्रिक सम्पत्तिलाई मुख्य स्रोत देखाइएको ५ तोला प्रधानमन्त्रीसँग रहेको विवरणमा उल्लेख छ।  
शेयर बजारमा दोहोरो अंकको बढोत्तरी, ५ अर्बमाथि कारोबार 
शेयर बजारमा दोहोरो अंकको बढोत्तरी, ५ अर्बमाथि कारोबार  साताको तेस्रो दिन शेयर बजार परिसूचकले दोहोरो अंकको बढोत्तरी कायम राखेको छ। मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढ्दै २११५.९४ बिन्दुमा रह्यो। १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ५ अर्ब २० करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ। कारोबार रकम भने साताको दोस्रो दिनका तुलनामा २३ करोड कम...
मधेस प्रदेशमा साढे २ लाख परिवारले गराए स्वास्थ्य बीमा 
मधेस प्रदेशमा साढे २ लाख परिवारले गराए स्वास्थ्य बीमा  मधेस प्रदेशमा हालसम्म दुई लाख ५१ हजार एक सय ७२ परिवारले स्वास्थ्य बीमा गराएका छन्। मधेस प्रदेश स्वास्थ्य बीमा बोर्डको कार्यालयका अनुसार मधेस प्रदेशमा पछिल्लो केही समयदेखि क्रमिकरुपमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको छ।
चरम गरिबीका कारण घटेको थली घटनाः पैसा नभएर ट्याक्सीमै बस्थे परिवार 
चरम गरिबीका कारण घटेको थली घटनाः पैसा नभएर ट्याक्सीमै बस्थे परिवार  कागेश्वरी मनोहरा–५ स्थित थलीमा मृत अवस्थामा फेला परेका कृष्ण नगरकोटीको परिवार चरम गरिबीमा रहेको पाइएको छ।    मंगलबार बिहान ५ः२० बजेको समयमा कृष्णको शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनका छोरा रिचेन नगरकोटीलाई आत्महत्या प्रयास गर्दागर्दै उद्दार गरेको छ। 
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने काठमाडौंबाट हेटौँडा जाने कान्तिलोकपथ सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मत गरिने भएको छ। निर्माण आयोजनाका सूचना अधिकारी तथा इञ्जिनीयर रवीन्द्र महर्जनले विसं २०८० साल चैत १ गतेदेखि बन्द भएको सडक एक हप्ताभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। 
टीकापुर जग्गा घोटलाबारे आरजु– मैले ५० हजारमा किनेको हुँ, कागज हेरे हुन्छ 
टीकापुर जग्गा घोटलाबारे आरजु– मैले ५० हजारमा किनेको हुँ, कागज हेरे हुन्छ  नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवाले कैलालीको टिकापुरमा आफूले पैसा तिरेरै जग्गा किनेको दाबी गरेकी छिन्। टीकापुर जग्गा घोटला प्रकरणमा उनको नाम आइरहेका उनले सो कुरा बताएकी हुन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राणाले टीकापुरको उक्त जमिन आफूले २०५३ सालमै ५० हजारमा किनेको दाबी गरेकी हुन्। 
नीति तथा कार्यक्रममाथि शुक्रबारबाट छलफल हुने 
नीति तथा कार्यक्रममाथि शुक्रबारबाट छलफल हुने  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा यही जेठ ११ गते छलफल हुने तय भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको दिन तोकेको जानकारी गराए। 
भारतको कर्नाटकमा बैतडी घर भएका दाजुबहिनीको शंकास्पद मृत्यु
भारतको कर्नाटकमा बैतडी घर भएका दाजुबहिनीको शंकास्पद मृत्यु बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ।बुबा–आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजुदरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम  र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शंकास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए।
पर्यटकहरूलाई दुःख दिने ७ जना प्रहरी नियन्त्रणमा 
पर्यटकहरूलाई दुःख दिने ७ जना प्रहरी नियन्त्रणमा  सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर विक, सोही महानगरपालिका–९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बिक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चुरी र २० वर्षीय लक्ष्मण सिंह छन् । 
नेपाल अन्तर्राष्ट्रिय मेलामा सहभागी हुने बाटो खुल्यो
नेपाल अन्तर्राष्ट्रिय मेलामा सहभागी हुने बाटो खुल्यो नेपालले पर्यटनका अन्तर्राष्ट्रिय मेला तथा फेयरमा सहभागिता जनाउनको लागि अल्पकालीन बाटो खुला भएको छ। अन्तर्राष्ट्रिय कार्यक्रमका सम्बन्धमा कार्यविधि पास नहुँदा विगत आठ महिना देखि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा नेपालको सहभागिता हुन सकेको थिएन। कतिपय कार्यक्रममा निजी क्षेत्रका कम्पनीले आफ्नो प्रयासबाट मात्र सहभागिता जनाएका थिए।
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता 
राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता  संसद्बाट ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८०’ फिर्ता भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उक्त विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका थिए। सो क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाइरहेको थियो। सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दलको विरोधलाई बेवास्ता गर्दै संसद्को कारबाही अघि बढाएका...
कांग्रेसको होहल्लाबीच संसद्बाट धन्यवाद प्रस्ताव पारित 
कांग्रेसको होहल्लाबीच संसद्बाट धन्यवाद प्रस्ताव पारित  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधकाबीच संसद्बाट धन्यवाद प्रस्ताव पारित भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त प्रस्ताव टेबुल गर्न आग्रह गरेका थिए। कांग्रेसले विभिन्न नारासहित अवरोध गरिरहँदा पुष्पकमल दाहाल प्रचण्डले गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनमा पेस गरेको नीति...
Weather Update