News Griha :: न्यूजगृह
कति छ गृहमन्त्री लामिछानेको सम्पत्ति? 

काठमाडौं— सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। 

मंगलबार सार्वजनिक विवरण अनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बुढानिलकण्ठ नगरपालिका–८ मा ५ आना जग्गा रहेको उल्लेख गरिएको छ। जुन उनकी श्रीमती निकिता पौडेलको नाममा रहेको देखाइएको छ। पारिश्रमिकबाट ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख गरिएको छ। 

त्यस्तै गृहमन्त्री लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ। यो जग्गा पैतृक सम्पत्ति भएको उल्लेख छ। काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा निकिताको नाममा १० रोपनी (सगोलमा) जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

त्यस्तै गृहमन्त्री लामिछानेसँग करिब ८० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। यो अधिकांश बुवाआमाबाट र केही खरिद गरिएको उल्लेख गरेका छन्। चाँदीका भाडाकुँडा १५ देखि २० केजीसम्म रहेको उल्लेख छ।

सम्पत्ति विवरण अनुसार लामिछानेसँग दुइटा बैंकमा गरी एक लाख १० हजार रुपैयाँ छ। 

त्यस्तै गृहमन्त्री पत्नी निकिताको विभिन्न बैंक खातामा पाँच लाख ५८ हजारभन्दा बढी रकम छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:३०
Weather Update