गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ बुधबार, जेठ ९, २०८१

अमेरिकी डलर, युरोसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो बुधबार, जेठ ९, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य घट्दा पाउन्डको भने बढेको छ।

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा बुधबार, जेठ ९, २०८१ स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालय पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।
-1716205509.jpg)
कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै बुधबार, जेठ ९, २०८१ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक बुधबार बस्दैछ।बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

युरोकप खेल्ने पोर्चुगल टिमको घोषणा बुधबार, जेठ ९, २०८१

सिरोहियालाई ‘कृपापूर्वक’ रिहा नगर, रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोलः विश्वप्रकाश बुधबार, जेठ ९, २०८१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोप उपर निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना बुधबार, जेठ ९, २०८१ हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

यी ६ आधारले कैलाश सिरोहियालाई पक्राउ गरियोः धनुषा प्रहरी बुधबार, जेठ ९, २०८१ धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्नुका ६ आधार सार्वजनिक गरेको छ। अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाका नागरिकतामा देखिएका कैफियतपूर्ण तथ्यहरू यसप्रकार उल्लेख गरिएको छ।

हैदराबादमाथि सहज जित निकाल्दै कोलकाता फाइनलमा बुधबार, जेठ ९, २०८१ सनराईजर्स हैदराबाद माथि शानदार जित निकाल्दै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।गएराति भएको पहिलो क्वालिफायरमा हैदराबादविरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो। हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै २ विकेट...

विकल पौडेल भ्रष्टाचारी ठहर, २ वर्ष कैद र २५ करोड जरिवाना मंगलबार, जेठ ८, २०८१ अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो। विशेष अदालतले उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको छ। अख्तियारले गतवर्ष वैशाखमा विकल पौडेलसहित विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको...

सन्दीपलाई अमेरिका पठाउँदै क्यान, अगाडि बढायो भिसा प्रक्रिया मंगलबार, जेठ ८, २०८१ बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट गत बुधबार सफाइ पाएका थिए। यससँगै उनले विश्वकप खेल्ने बाटो खुलेको छ।सन्दीपले किर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास गरिरहेका छन्। उनलाई विनोद भण्डारीलगायत अन्य खेलाडीले साथ दिएका थिए।

टोनी क्रूजले युरोकपपछि सन्यास लिने मंगलबार, जेठ ८, २०८१ जर्मनीका मिडफिल्डर टोनी क्रूजले रियल म्याड्रिड छोड्ने घोषणा गरेका छन्। क्रूजले एक सन्देशमा आफूले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन्।रियल म्याड्रिड आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै ३४ वर्षीय क्रूजले फुटबलबाट सन्यास लिने बताएका हुन्।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गाडीबाटै धनुषा लगियो मंगलबार, जेठ ८, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गाडीमै धनुषा लगिएको छ।मंगलबार साँझ थापाथलीस्थित मुख्यालयको कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई लगतै धनुषा लगिएको प्रहरी स्रोतले बतायो। सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।









