मिडिया सोसाइटीद्वारा कैलाश सिरोहियाको रिहाइको माग बुधबार, जेठ ९, २०८१

सिन्धुपाल्चोकको लार्केस्थित निकतातामा झोलुङ्गे पुल निर्माण बुधबार, जेठ ९, २०८१ सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा पर्ने निकतातामा झोलुङ्गे निर्माणपछि स्थानीय खुसि भएका छन्। लार्केगाउँबाट लगभग चार घण्टा हिँडेर पुगिने निकतातामा पुल निर्माणसँगै वर्षौँदेखि भोग्दै आएको दुःख हटेको भन्दै स्थानीय खुसि भएका हुन्।

सिरोहियालाई अदालतमा उपस्थित गराइयो, सुरक्षा व्यवस्थामा कडाइ बुधबार, जेठ ९, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा पेस गरिएको छ। मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको हो।उनलाई अदालतमा उपस्थित गराइने भएसँगै त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।प्रहरीले सडकमा घेरा हालेर उच्च सुरक्षाकाबीच सिरोहियालाई अदालतमा पुर्याइएको हो।
-1715754750.jpg)
कैलाश सिरोहियामाथि रिसीइबी साधिएको छैन, सजिलै छुट्नुहुन्छः प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि रिसीइबी नसाधिएको र अदालती प्रक्रियाबाट पक्राउ गरिएको बताएका छन्।बुधबार चन्द्रागिरीमा आयोजित ‘हिमाल, मानिस र जलवायुसम्बन्धी विज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार? बुधबार, जेठ ९, २०८१ नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४० हजार ६ सय रहेको थियो।
-1716355384.jpg)
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै बुधबार, जेठ ९, २०८१ मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न थालिएको छ। १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको हो।
-1715234552.jpg)
बारा र पर्साका २ सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान बुधबार, जेठ ९, २०८१ नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ। केन्द्रले पुरानो ‘टीओडी’ (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी ‘स्मार्ट मिटर’ जडान गरिएको हो।

‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा बुधबार, जेठ ९, २०८१ जिल्लाको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ।केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा बाह्रै महिना बत्ती बाल्ने योजना छ।

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र बुधबार, जेठ ९, २०८१ गृह मन्त्रालयले तातो हावाको लहर ‘लू’ बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ।

जसपा नेपालले तोक्यो केन्द्रीय समितिको निर्वाचन मिति बुधबार, जेठ ९, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको निर्वाचन मिति तय गरेको छ। जसपा नेपालले आगामी जेठ ३० गते निर्वाचन गर्न लागेको हो।
-1716351372.jpg)
कामीरिताको नयाँ कीर्तिमानः ३०औँ पटक सगरमाथाको चुचुरोमा बुधबार, जेठ ९, २०८१ कामीरिता शेर्पाले ३०औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन्। सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन्।‘कामीरिता शेर्पाले सगरमाथा शिखमा ३० औँ पटक पाइला टेकेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ,’ सगरमाथा आधारशिविरबाट कार्यालय गौतमले...

पशुपतिनाथको भेटी चोर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद बुधबार, जेठ ९, २०८१ कोषका पाँच कर्मचारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी चोरी कार्यमा संलग्न भएको देखिएको थियो।

दुई संसदीय समितिको बैठक आज बुधबार, जेठ ९, २०८१ दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आन्तरिक काम कारबाहीलगायत विषयमा छलफल हुने कार्यसूचीमा जनाइएको छ।









