News Griha :: न्यूजगृह
सदनसँगै सडक सङ्घर्षमा उत्रियो कांग्रेस, १३ गते सरकारविरुद्ध प्रदर्शन गर्ने
सदनसँगै सडक सङ्घर्षमा उत्रियो कांग्रेस, १३ गते सरकारविरुद्ध प्रदर्शन गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ।संसदीय दल र केन्द्रीय कार्यसमितिको बुधबार बसेको संयुक्त बैठकले जेठ १३ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जानेछ।’
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा
गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट आजपनि ‘हेर्दाहेर्दै’ मा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको रिट बुधबार पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको उक्त मुद्दामा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो। यो रिटमा मङ्गलबारबाट सुनुवाइ भइरहेको छ।
क्यानभित्रको राजनीतिले कोपभाजनमा परे सन्दीप
क्यानभित्रको राजनीतिले कोपभाजनमा परे सन्दीप नेपाली टिममा सन्दीप मात्रै खेलाडी छैनन्। अरु खेलाडीलाई अपमान गर्न खोजिएको पनि होइन। तर विश्वकपमा सन्दीपको अभाव नेपाली क्रिकेट टिमलाई खड्किने पक्का छ। आसन्न टी२० विश्वकप अहिले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणलाई बिर्साउने गरी मानव तस्कर हुन लागेको समाचार सञ्चारमाध्यममा आइसकेका छन् भने केही पदाधिकारी र सदस्यहरूका श्रीमती, भाइ र छोराछोरीको...
भारतमा बंगलादेशका सांसद मृत भेटिए
भारतमा बंगलादेशका सांसद मृत भेटिए समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए। भोलिपल्टै उनी बेपत्ता भएका थिए। उनको फोनसमेत अफ भएको थियो। यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि स्वीच अन भयो। प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश...
इन्टरपोलबाट रेड नोटिस जारी भएका गौरव नेपाली रोमानियाबाट पक्राउ, नेपाल ल्याइयो
इन्टरपोलबाट रेड नोटिस जारी भएका गौरव नेपाली रोमानियाबाट पक्राउ, नेपाल ल्याइयो गौरव भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध पश्‍चात् एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालय बाट सन् २०२३ अप्रिल २४ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । 
विकल पौडेलविरुद्ध फेरि अर्को मुद्दा 
विकल पौडेलविरुद्ध फेरि अर्को मुद्दा  भ्रष्टाचारको विभिन्न मुद्दा खेपिरहेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध फेरि अर्को मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। पौडेलको अस्वाभाविक जीवनशैलीका साथै  आर्जनसमेत देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो। 
गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने बाटो खुल्यो 
गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता कार्यालयविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्ने बाटो खुल्यो  सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने कतै पनि नजोडिएको भन्दै पत्र सार्वजनिक गर्ने महान्यायाधिवक्ता कार्यालयविरुद्ध सर्वोच्च रिट दायर हुने बाटो खुलेको छ। यसअघि अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिटमा सर्वोच्च प्रशासनले दरपीठ हुने आदेश गरेको थियो। बुधबार उक्त आदेशविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले...
सन्दीपलाई अमेरिकाले दिएन भिसा 
सन्दीपलाई अमेरिकाले दिएन भिसा  क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। बुधबार अपरान्ह लामिछानेले आफूलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका हुन्। गत जेठ २ गते उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगैनेपाल क्रिकेट संघ (क्यान)ले  विश्वकप खेल्न पठाउनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेकोमा अमेरिकाले भिसा दिन...
स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको छड्के अनुगमन 
स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको छड्के अनुगमन  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्। बुधबार दिउँसो मन्त्री यादवसहित मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा पुगेका हुन्। मन्त्री यादवले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरेका छन्। 
कोशी प्रदेश विवादः केदार कार्कीको नियुक्तिदेखिकै कागजात झिकाउन आदेश
कोशी प्रदेश विवादः केदार कार्कीको नियुक्तिदेखिकै कागजात झिकाउन आदेश कोशी प्रदेश सरकार गठनको विवादका सम्बन्धमा सर्वोच्च अदालतले मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउन आदेश दिएको छ।बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।हाल हिक्मतकुमार कार्कीको नेतृत्वमा गठित कोशी सरकार संविधान विपरीतको भएको भन्दै बर्खास्तीको मागसहित केदार कार्कीले रिट दायर...
निर्देशक बन्ने सपना बुन्दै दयाहाङ राई 
निर्देशक बन्ने सपना बुन्दै दयाहाङ राई  अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड स्वायत्त नभएसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन्। बोर्डलाई स्वायत्त बनाउनेगरी छलफल भइरहेपनि राजनीतिक भागबण्डा हुँदा समस्या आउने गरेको उनले बताए।
Weather Update