News Griha :: न्यूजगृह
इन्टरपोलबाट रेड नोटिस जारी भएका गौरव नेपाली रोमानियाबाट पक्राउ, नेपाल ल्याइयो
प्रतीकात्मक तस्बिर।

काठमाडौं— जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने २४ वर्षीय गौरव नेपाली पक्राउ परेका छन्।

रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । 

गौरव भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध पश्‍चात् एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालय बाट सन् २०२३ अप्रिल २४ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । 

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १८:२१
Weather Update