चितवनमा गर्मी बढेपछि ६० जना कैदीबन्दीलाई स्थानान्तरण गरियो बुधबार, जेठ ९, २०८१
-1716372891.jpg)
कर्णालीका नवनियुक्त मन्त्री शाहले लिए शपथ बुधबार, जेठ ९, २०८१ कर्णाली प्रदेशका नवनियुक्त मन्त्री विनोदकुमार शाहले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री यमलाल कँडेलले उनलाई भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका हुन्।बुधबार नै मन्त्री नियुक्त भएका उनले प्रदेश प्रमुख तिलक परियारसमक्ष शपथग्रहण गरेका हुन्।

सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति बुधबार, जेठ ९, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो।प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान...
प्रधानमन्त्रीलाई सम्पादकहरुको संयुक्त पत्र– गृहमन्त्रीले आफूमाथिको अनुसन्धान रोकेका छन् बुधबार, जेठ ९, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ परेको विषयलाई लिएर विभिन्न संचारमाध्यमका सम्पादकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त पत्र पठाएका छन्। सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको घटनाले प्रेसमाथि दबाब र त्रास सिर्जना गरेको सम्पादकहरुले पठाएको पत्रमा उल्लेख छ। नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका सम्पादकहरू प्रेस...

गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेस सडकमा जाने, शुक्रबार काठमाडौंमा विरोधसभा बुधबार, जेठ ९, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेविरुद्ध शुक्रबारबाट आन्दोलनमा जाने निर्णय गरेको हो। बैठक चलिरहँदा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सो...

सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता बुधबार, जेठ ९, २०८१ विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्। मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले...
-1716367995.jpg)
जलवायु परिवर्तनको असरबारे नेपाललाई न्याय दिलाउन प्रधानमन्त्रीको आव्ह्वान बुधबार, जेठ ९, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको नकारात्मक असरमा न्याय पाउनुपर्ने बताएका छन्। पर्वतहरूमा जलवायु परिवर्तनले ल्याउने साझा चुनौतीहरू समाधान गर्न सहकार्य र एकता जुटाउन प्रयास गर्नुपर्ने पनि प्रधानमन्त्री दाहालले चर्चा गरे। बुधबार काठमाडौंको चन्द्रागिरीमा आयोजित ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...

दिनमा दुई पटक निःशुल्क फोहोर उठाउँदै वीरगञ्ज महानगर बुधबार, जेठ ९, २०८१ देशको संघीय राजधानी काठमाडौंबासीले साताको एक पटक फोहोरमैला संकलन गर्ने गाडी आउँदा पनि राहतको महसुस गर्ने गर्छन्। घरभित्र थुप्रिएको फोहरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन्। बेलाबखतमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासीको अवरोधले पनि काठमाडौंबासी महिनौँ दिनसम्म फोहरमैला सडकमै यत्रतत्र देख्दै आइरहेका छन्।

सानेपामा कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार, जेठ ९, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आह्वान गरेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसेको छ। केहीबेरअघि पार्टी मुख्यालय सानेपामा संयुक्त बैठक सुरु भएको हो। आजको बैठकमा वर्तमान राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेकाे छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आइरहेको...

गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लूएचओको आग्रह बुधबार, जेठ ९, २०८१ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयसुसले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन्। उनले गाजाको युद्ध क्षेत्रमा करिब ७०० जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराए।

कैलाश सिरोहिया पक्राउ परेकोबारे अमेरिकी दूतावासको यस्तो प्रतिक्रिया बुधबार, जेठ ९, २०८१ मंंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो कार्यकक्षबाटै पक्राउ परेपछि त्यसको विषयमा विभिन्न प्रतिक्रिया आइरहेको छ। सिरोहिया पक्राउ परेपछि नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै आफ्नो प्रतिक्रिया जनाएको छ। बुधबार दूतावासले विज्ञप्ति जारी गर्दै कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र...

काभ्रेमा दम्पती मृत अवस्थामा फेला बुधबार, जेठ ९, २०८१ काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मंगलबार मृत फेला परेका हुन्।
-1716354646.jpg)
‘देवदास’मा ऐश्वर्यालाई १५ मिटर लामो साडी बुधबार, जेठ ९, २०८१ बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्मलाई भव्य शैलीमा निर्माण गर्ने निर्देशकका रुपमा चिनिन्छन्। उनको पछिल्लो सिरिज ‘हीरामण्डी’ यतिबेला चर्चामा छ। यसअघि उनले कैयौं फिल्म बनाइसकेका छन्। यसमा ‘देवदास’ पनि पर्छ। भन्सालीको यो ‘ब्लकबस्टर’ फिल्ममा शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षितको अभिनय थियो।









