News Griha :: न्यूजगृह
कैलाश सिरोहिया पक्राउ परेकोबारे अमेरिकी दूतावासको यस्तो प्रतिक्रिया 
फाइल तस्बिर

काठमाडौं— मंंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो कार्यकक्षबाटै पक्राउ परेपछि त्यसको विषयमा विभिन्न प्रतिक्रिया आइरहेको छ। 

सिरोहिया पक्राउ परेपछि नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै आफ्नो प्रतिक्रिया जनाएको छ। 

बुधबार दूतावासले विज्ञप्ति जारी गर्दै कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा राखेको बताएको छ।  

त्यस्तै अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राखेको अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेहीता र पारदर्शिता नै मार्गदर्शक शिद्धान्त रहेको विज्ञप्तिमा उल्लेख छ। 

‘अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेहीता र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्। कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १३:२५
Weather Update