कांग्रेस नेता लेखक पार्टीको कार्यसम्पादन समिति सदस्यमा मनोनीत बिहीबार, जेठ १०, २०८१

नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने ! बिहीबार, जेठ १०, २०८१ साउदी लिग च्याम्पियन अल हिलालबाट खेलिरहेका ब्राजिलका नेइमारले अर्को सिजनको सुरुवात पनि गर्न नसक्ने भएका छन्।नेइमार एसीएल इन्जुरीका कारण २०२३ अक्टोबर देखि मैदान बाहिर रहेका छन्। उनी २०२३ को अगस्टमा पीएसजीबाट साउदी क्लब अल हिलाल गएका थिए।
![यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] बिहीबार, जेठ १०, २०८१ राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। बुधबार खरिद दर १३३ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ६० पैसाले कारोबार भएको थियो ।

बेलायतमा जुलाई ४ मा आम निर्वाचनको घोषणा बिहीबार, जेठ १०, २०८१ बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन्।बुधबार प्रधानमन्त्री सुनकले संसद् भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्।

बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा बिहीबार, जेठ १०, २०८१ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू बुधबार साँझ नै लुम्बिनी आइपुगेका छन्। बुधबार साँझ नै प्रचण्डले बुद्धजयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषले संयुक्त रूपमा आयोजना गरेको फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझलाई सम्बोधनसमेत गरेका थिए।

भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द बिहीबार, जेठ १०, २०८१ वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका बिहीबार बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए।
-1716101323.jpg)
सहकारी ठगी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै बिहीबार, जेठ १०, २०८१ सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज बस्दैछ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर...

युरोपा लिग: लेभरकुसेनलाई स्तब्ध बनाउँदै एटलान्टा च्याम्पियन बिहीबार, जेठ १०, २०८१ यो सिजन अपराजित रहेको जर्मन क्लब बायर लेभरकुसेनलाई स्तब्ध पार्दै इटालियन क्लब एटलान्टा युरोपा लिगको च्याम्पियन बनेको छ। डब्लिनमा बुधबार राति भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टा च्याम्पियन बनेको हो। अभिभा स्टेडियम डब्लिन आयरल्याण्डमा एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे। उनले पहिलो हाफमा दुई र...

आज उँभौली पर्व, भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै बिहीबार, जेठ १०, २०८१ किराँत समुदायमा पनि एकथरिले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन्। उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन्। यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन्। यो पर्व किराँत राई समुदायको महत्वपूर्ण पर्वका...

यस्तो छ आजको मौसम पूर्वानुमान बिहीबार, जेठ १०, २०८१ देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राती देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा...

आज २५६८औं बुद्ध जयन्ती बिहीबार, जेठ १०, २०८१ शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।

राजस्थानसँग पराजित हुँदै आरसीबी आईपीएलबाट बाहिरियो बिहीबार, जेठ १०, २०८१ त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो। आरसीबीका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए।

युक्रेनी क्षेत्रमा रुसले सुरु गर्यो आणविक हतियारको परीक्षण बुधबार, जेठ ९, २०८१ युक्रेन युद्ध बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ। रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ। यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।


-1710756574.jpg)






