News Griha :: न्यूजगृह
सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 
फाइल तस्बिर

काठमाडौं— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ।

सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो।

प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए।

मंगलबार काठमाडौंबाट पक्राउ परेका सिरोहियालाई बुधबार अदालतमा उपस्थिती गराइएको थियो। 

नागरिकतासम्बन्धी मुद्दामा सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसनको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको हो।  

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १५:४२
Weather Update