News Griha :: न्यूजगृह
‘देवदास’मा ऐश्वर्यालाई १५ मिटर लामो साडी

काठमाडौं— बलिउड निर्देशक सञ्जय लीला भन्साली आफ्नो फिल्मलाई भव्य शैलीमा निर्माण गर्ने निर्देशकका रुपमा चिनिन्छन्। 

उनको पछिल्लो सिरिज ‘हीरामण्डी’ यतिबेला चर्चामा छ। यसअघि उनले कैयौं फिल्म बनाइसकेका छन्। यसमा ‘देवदास’ पनि पर्छ। 

भन्सालीको यो ‘ब्लकबस्टर’ फिल्ममा शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षितको अभिनय थियो।

हालै मात्र यसको क्लाइमेक्स दृश्यलाई लिएर डिजाइनर नीता लुल्लाले युट्युब च्यानल ‘वाइपिङ आउट द नर्म’सँग कुराकानी गरेकी थिइन्। उनका अनुसार भन्सालीले ‘देवदास’को क्लाइमेक्स दृश्यका लागि अन्तिम समयमा ऐश्वर्याको आउटफिट परिवर्तन गरेका थिए। 

उनले डिजाइनरलाई ऐश्वर्याका लागि १५ मिटर लामो सिल्क साडीको व्यवस्था गर्न भनेका थिए।

‘उनले मलाई भने, ‘मैले उनको (ऐश्वर्या)को कल्पना सिढीबाट तल भाग्दै गरेको दृश्यको गरेको छु। उसको साडीको भाग जलिरहेको छ। मलाई यसका लागि एक १५ मिटर लामो सिल्क साडी चाहिन्छ। मलाई यस्ता दुई साडी चाहिन्छ, ताकि एउटा जल्यो भने पनि अर्को हामीसँग हुन्छ,’ भन्सालीले आफूलाई भनेको कुरा नीताले सम्झिएकी छन्।

सञ्जयको कुरा सुनेपछि नीता साडीको खोजीमा निस्केकी थिइन्। 

‘यो सबै गोरेगाउँ स्टुडियोमा भएको थियो। हामीसँग त्यो बेला मोबाइल थिएन, मात्र पेजर थियो। मेरो अगाडि उनले ऐश्वर्या र किरण खेरलाई फोन गरेर ‘के तिमीहरुसँग दुई पूजावाला साडी छ?’ भनेर सोधे। मैले उनलाई ‘के म जाउँ?’ भनेर सोधिरहेँ। त्यो बेलासम्म कोहीसँग साडी छैन भन्ने थाहा भइसकेको थियो। त्यो बेला १०ः३० बजिसकेको थियो। त्यसपछि सञ्जयले मलाई ‘के हामी अर्को दिन सुट गर्न सक्छौँ?’ भनेर सोधेँ। मैले ‘हुन्छ’ भनेपछि उनी बाहिर निस्किए,’ नीताले भनेकी छन्।

नीताका अनुसार निकै आग्रह गरेपछि एक पसलेले आधा रातमा दोकान खोलेका थिए। त्यसपछि उनले साडीको सामाग्री छाने। ‘ऊ राती १२ देखि १२ः२० सम्म दोकान खोल्न आएको थियो। मैले कपडा पाएँ र मैले यो विषयमा पहिले नै आफ्नो टिमसँग कुराकानी गरिसकेकी थिएँ। उनले तुरुन्तै साडीको बोर्डर काट्ने काम थाले। हामीले बिहान ६ बजे साडीको काम पुरा गर्यौं। म ९ः३० मा सेटमा पुगेँ र हामीले सुटिङ सुरु गर्यौँ,’ उनले सम्झिएकी छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  १२:४५
Weather Update