
काठमाडौं— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा पेस गरिएको छ।
मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको हो।
उनलाई अदालतमा उपस्थित गराइने भएसँगै त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।प्रहरीले सडकमा घेरा हालेर उच्च सुरक्षाकाबीच सिरोहियालाई अदालतमा पुर्याइएको हो।
सिरोहियालाई जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरिएको थियाे।
स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालय पुगेको थियो ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने सिरोहियामाथि कुनै रिसीइबी नसाधिएको प्रतिक्रिया दिएका छन्। उनले अदालती प्रक्रियाबाटै पक्राउ गरिएको र केही समयमै छुट्ने प्रतिक्रिया दिएका हुन्।













