News Griha :: न्यूजगृह
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गाडीबाटै धनुषा लगियो
तस्बिरः कान्तिपुर

काठमाडौं— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गाडीमै धनुषा लगिएको छ।

मंगलबार साँझ थापाथलीस्थित मुख्यालयको कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई लगतै धनुषा लगिएको प्रहरी स्रोतले बतायो। 

सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

दिउँसो काठमाडौं उपत्यका अनुसन्धानका कार्यालय र काठमाडौं प्रहरी परिसरको टोली सिरोहियालाई पक्राउ गर्न थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयमा सादा पोसाकमा पुगेका थिए। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई लगायत सिरोहियाको कार्यकक्षमा पुगेका थिए।
सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मुद्दा विषयान्तर गर्न आफूविरुद्ध पक्राउ पुर्जी जारी गराइएको बताएका छन्।

उनले आजै आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप भन्दै सर्वोच्चमा रिट दिएका थिए। पक्राउ परेपछि उनले सञ्चारकर्मीमाझ सरकार निरङ्कुशतातर्फ अघि बढेको र नवअधिनायकवादको रुपमा लिएको टिप्पणी गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २०:०३
Weather Update