News Griha :: न्यूजगृह
प्रचण्डको सम्पत्तिः २५ लाख नगद र ५ तोला सुन [विवरणसहित]

काठमाडौं— प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। 

सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग २५ लाख रुपैयाँ खातामा रहेको छ।

एभरेस्ट बैंक लिमिटेडमा प्रतिनिधि सभा सदस्यको हैसियतमा २५ लाख रुपैयाँ जम्मा भएको देखाइएको छ। 

त्यसैगरी पैत्रिक सम्पत्तिलाई मुख्य स्रोत देखाइएको ५ तोला प्रधानमन्त्रीसँग रहेको विवरणमा उल्लेख छ।  

त्यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं १४ मा १४ कठ्ठा जमिन र भरतपुर महानगर–१२ मा एक कठ्ठा जमिन रहेको छ। जुन प्रचण्ड पत्नी स्वर्गीय सीता दाहालको नाममा रहेको देखाइएको छ। यो अंशबाट प्राप्त भएको उल्लेख गरिएको छ। 

माथि उल्लेखित बाहेक प्रचण्डसँग कुनै पनि सम्पत्ति नरहेको देखाइएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १६:१०
Weather Update