News Griha :: न्यूजगृह
आईपीएलमा फाइनल प्रवेशका लागि आज कोलकाता र हैदराबाद खेल्दै

काठमाडौं—जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ। 

पहिलो क्वालिफायर मंगलबार राति पौने ८ बजे कोलकाता नाइट राइडर (केकेआर) र सनराइजर्स हैदराबादबीच अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। 

आजको विजेताले २६ मे मा हुने फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ।

पराजित टोलीले २४ मे मा हुने दोस्रो क्वालिफायर खेल्न पाउनेछ। दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलको विजेतासँग पहिलो क्वालिफायर टोलीको प्रतिस्पर्धा हुनेछ।

कोलकता अहिलेसम्म १३ पटक आईपीएलको प्लेअफमा पुगेको छ। ८ पटक जितेको टोलीले ५ खेलमा हार बेहोरेको छ। तर, क्वालिफायर–१ मा कोलकाताले कहिल्यै हार बेहोरेको छैन। 

प्रतियोगिता अन्तरगत बुधबार रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र राजस्थान रोयल्सबीच प्लेअफ चरणको दोस्रो इलिमिनेटर खेल हुनेछ। ​ इलिमिनेटरको विजेताले २४ मे मा चेन्नइमा हुने दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०६:४०
Weather Update