काठमाडौंको थलीमा एक पुरुषको शव फेला पर्यो, हत्याको आशंका

काठमाडौं— काठमाडौंको थलीमा एक पुरुषको शव फेला परेको छ। शव पहिचान नभएको प्रहरीले जनाएको छ।
थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरीले जनाएको छ। घटनास्थलमा ब्लेड समेत फेला परेको छ।
शंकास्पद अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।
थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ ०७:२३













