धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय आइतबार, जेठ ६, २०८१
![सहकारी ठगी प्रकरणबारे संसद्मा जवाफ दिँदै गृहमन्त्री लामिछाने [लाइभ]](https://newsgriha.com/uploads/posts/Rabi Lamichhane1680350963.png)
सहकारी ठगी प्रकरणबारे संसद्मा जवाफ दिँदै गृहमन्त्री लामिछाने [लाइभ] आइतबार, जेठ ६, २०८१ प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्दैछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लगाएको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन लागेका हुन्।

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारबाही गरेको जानकारी आइतबार, जेठ ६, २०८१ जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर साह सुडी, रन्जुकुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसिना खान र सुशीला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन्।
![‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/5-1716121426.jpg)
‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’ [तस्बिरहरू] आइतबार, जेठ ६, २०८१

सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै आइतबार, जेठ ६, २०८१ तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्न सेती नदीमाथि विसं २०७७ चैत २३ गते पक्की पुल शिलान्यास गरियो। व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न गर्ने म्याद थियो।
-1713955690.jpg)
जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नमिल्ने भन्दै उपेन्द्रले दिए सर्वोच्चमा रिट आइतबार, जेठ ६, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर बनेको जनता समाजवादी पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेपछि त्यसको विरुद्ध सर्वोच्चमा रिट परेको छ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघिको सर्वोच्चको आदेशलाई आधार मान्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठन भएको दल जसपाका ७ सांसदहरुले...

हावाहुरीले उदयपुरमा करोडौँको क्षति आइतबार, जेठ ६, २०८१ आइतबार बिहानको हुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको छ। हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ का ५३ वर्षीय चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।

करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु आइतबार, जेठ ६, २०८१ लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ।
-1716101323.jpg)
कार्यदल बैठक: किन मिलिरहेको छैन ‘क्षेत्राधिकार’मा कुरा? आइतबार, जेठ ६, २०८१ सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन दलहरु सहमत भए पनि त्यसका क्षेत्राधिकारका विषयमा भने सहमति हुन सकेको छैन। छानबिन समितिको कार्यादेश (टीओआर) बनाउनका लागि गठित कार्यदलको बैठक आइतबार बिहानैदेखि बसे पनि अहिलेसम्म त्यसको टुंगो लाग्न नसकेको हो।उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी...

मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, जेठ ६, २०८१ मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।

मेची भन्सारद्वारा ११ अर्ब ५९ करोड राजस्व संकलन आइतबार, जेठ ६, २०८१ मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको दश महिनामा ११ अर्ब ५९ करोड ३७ लाख ३४ हजार राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको तुलनामा यसवर्ष १ करोड ८७ लाख १३ हजार कम राजस्व संकलन भएको हो।

कार्यदलले कार्यादेश बनाउन नसक्दा संसद् बैठकको समय पुनः धकेलियो आइतबार, जेठ ६, २०८१ बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठकको समय २ पटक सारिसकिएको छ।बिहान ११ बजे बैठक बस्न नसकेपछि २ बजेसम्मका लागि सारिएकोमा पुनः साढे ४ बजेसम्मका लागि सारिएको हो। सहकारी ठगी प्रकरणको विषयमा पेचिलो बन्दा संसदीय छानबिन समितिको कार्यादेश तयार गर्न बनेको कार्यादलको बैठक जारी रहेको छ। कानुन मन्त्रालयमा जारी...

भोलिसम्मका लागि सारियो राष्ट्रिय सभा बैठक आइतबार, जेठ ६, २०८१ राष्ट्रिय सभा बैठक सोमबारसम्मका लागि सारिएको छ। आज दिउँसो १ः१५ का लागि बैठक बोलाइएकोमा दिउँसो ३ः१५ बजेसम्मका लागि २ घण्टा बैठक सारिएको थियो। तर अन्तिममा सोमबार दिउँसो १ः१५ सम्मका लागि बैठक सारिएको हो। सहकारी ठगी प्रकरणको विषयले प्रतिनिधि सभा जस्तै राष्ट्रिय सभाको बैठक पछि प्रभावित बन्दै आइरहेको थियो।








