News Griha :: न्यूजगृह

काठमाडौं— प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्दैछन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा लगाएको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन लागेका हुन्। 

आजको बैठकमा गृहमन्त्रीले सम्बोधन गर्ने बाहेकका कुनै कार्यसूची अघि बढ्दैनन्।  लगत्तै संसदीय छानबिन समिति सम्बन्धी टीओआर लेखन कार्यदलको बैठक बस्ने छ।

आइतबार बिहान झण्डै ९ बजेदेखि सिंहदरबारमा कार्यदलका सदस्यहरू छलफलमा जुटेका थिए। कार्यदलमा सहमति जुट्न नसकेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक, केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की लगायतका नेताहरू पुगेका थिए।  यद्यपि सहमति जुट्न सकेन। 

सहमति नजिक पुगेपनि अझै केही छलफल बाँकी रहेको भन्दै नेताहरू अहिले संसद् भवन पुगेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १८:२६
Weather Update