काठमाडौं— राष्ट्रियसभाको बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गर्ने कार्यसूची छ।
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन्। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादा क्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ।
अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची छ।
त्यसैगरी प्रधानमन्त्री ओलीले ‘महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गर्ने छन्। सार्वजनिक तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन,२०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।
व्यवस्थापन कार्यतर्फ राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको छ।



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






