काठमाडौं— साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशबीच केही बेरमा दशरथ रंगशालामा प्रतिस्पर्धा सुरु हुँदैछ। अहिले साढे ६ बजे दशरथ रंगशालामा बंगलादेशसँग खेल्ने नेपालको प्लेइङ इलेभेन टिममा एक जना खेलाडी परिवर्तन भएको छ।

सेमिफाइनलमा भारतसँगको खेलमा दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिएकी फरवार्ड रेखा पौडेलको स्थानमा टिममा सरू लिम्बुले खेल्ने भएकी छिन् ।

यस्तो छ नेपाली महिला टिमको प्लेइङ-११:

एन्जिला तुम्बापो सुब्बा (कप्तान), पूजा राना, विमला विक, अमृता जैशी, रेनुका नगरकोटे, सरु लिम्बु, सावित्रा भण्डारी, गिता राना, प्रिती राई, सविता राना मगर, अमिषा कार्की ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १८:२५
Weather Update