हिमताल फुटेर थामेमा बाढी, हेर्नुहोस् भिडिओ
काठमाडौं— सोलुखुम्बुको थामे गाउँमा हिमताल फुटेर लेदोसहितको बाढी आएको पुष्टि भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेका कारण लेदोसहितको बाढी आएको पुष्टि भएको गाउँपालिकाले जनाएको छ।
थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको गाउँपालिकाले जनाएको हो । शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा ताल फुटेर बाढी आएको पाइएको हो।
पालिकाले सामाजिक सञ्जालमा हेलिकप्टरमार्फत निरीक्षण गरेको भिडिओ सार्वजनिक गर्दै हिमताल फुटेका कारण बाढी आएको जनाएको छ ।
यस्तै, गाउँभन्दा माथि रहेका पाँच वटा तालमध्ये दुई वटा ताल फुटेर बाढी आएको देखिएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन्।
हेर्नुहोस् गाउँपालिकाले राखेको भिडिओ
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१ १४:५०
थप भिडियो



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






