काठमाडौं— प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आज सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक विधेयकउपर छलफलका क्रममा शीर्ष नेताले सम्बोधन गर्दै छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दे छन्।
मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेकी थिइन्।
प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो। विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो।



![साफ वुमेन्स च्याम्पियनसिप फाइनल खेल [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/SAFF_woman-1730250488.jpg)
![संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/kp-sharma-oli-parliament-1721551632.jpg)

![राष्ट्रियसभा बैठक सुरु [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/rastriya-sava-1-1720169961.jpg)
![प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]](https://newsgriha.com/uploads/posts/800X600/parliament-320-1718725458.jpg)
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/800X600/parliament-1716901221.jpg)






