काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर बनेको जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन लागेपछि त्यसको विरुद्ध सर्वोच्चमा रिट परेको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघिको सर्वोच्चको आदेशलाई आधार मान्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन्।
जसपा नेपालबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठन भएको दल जसपाका ७ सांसदहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नमिल्ने र अन्य संसदीय कामकारबाहीमा सहभागि हुन रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट परेको हो।
उक्त रिटको भोलिका लागी पेसी तोकिएको सर्वोच्चका प्रवक्ता गोविन्दप्रसाद घिमिरेले न्यूजगृहलाई जानकारी दिए।
‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको तर्फबाट रिट परेको छ। सोमबारका लागि पेसी छ,’ उनले भने
यसअघि जसपा नेपाल विभाजनविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तिम सुनुवाइ नभएसम्मका लागि पार्टी दर्ता प्रक्रिया यथास्थितीमा राख्न आदेश दिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंंगलबार विश्वासको मत लिँदैछन्। जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।