टीओआरमा सहमति नजुट्दा संसद् बैठक सर्यो आइतबार, जेठ ६, २०८१

पोर्चुगलमा विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै आइतबार, जेठ ६, २०८१ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइने भएको छ।लिस्वनस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासको आयोजना तथा गैरआवासीय नेपाली संगठनका साथै त्यहाँ क्रियाशील नेपाली संघसंस्थाको सक्रियतामा आगामी बिहीबार विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो।
-1715927453.jpg)
कार्यादेश तय नभएसम्म बैठक नचलाउन सभामुखलाई विपक्षी दलको आग्रह, कार्यदलको बैठकमा पुगे लेखक आइतबार, जेठ ६, २०८१ विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय नभएसम्मका लागि संसद् बैठक नचलाउन आग्रह गरेका छन्। आज कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बसेको विपक्षी दलहरुको बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा सहमति नभएसम्मका लागि बैठक नचलाउन सभामुखलाई आग्रह गरेको हो।
-1716099017.jpg)
भीषण वर्षा र बाढीका कारण अफगानिस्तानमा कम्तिमा ५० जनाको मृत्यु आइतबार, जेठ ६, २०८१ अफगानिस्तानमा भीषण वर्षा र बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा बढी घरहरु ध्वस्त भएका छन्।

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार? आइतबार, जेठ ६, २०८१ आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यले हालसम्मकै रेकर्ड ‘ब्रेक’ गरेको छ।

संसद् बैठक अझै सुरु भएन, गृहमन्त्रीले सदनमा प्रस्तुत गर्न पाउलान् प्रस्ताव? आइतबार, जेठ ६, २०८१ आज प्रतिनिधि सभा बैठक बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठक राजनीतिक दलदेखि सभामुखसम्म आन्तरिक छलफलमा रहेका कारण अझैसम्म बस्न सकेको छैन। यसअघिका बैठकमा सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आइरहेको थियो।

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते आइतबार, जेठ ६, २०८१ बागमती प्रदेश सरकारले आगामी जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उक्त जानकारी दिए।

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै आइतबार, जेठ ६, २०८१ बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ। मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ। अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी...
-1715927453.jpg)
संसद् बैठकअघि छलफलमा जुटे विपक्षी दल आइतबार, जेठ ६, २०८१ संसद् बैठक बस्नुअघि विपक्षी दलको बैठक बसेको छ। केहीबेरअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बैठक बसेको हो। आजको बैठकले सहकारी संसद्मा विपक्षीहरुको प्रस्तुतीको विषयमा साझा धारणा बनाउनेछ। तर यसअघि निरन्तर सहकारी ठगी प्रकरणका विषयले संसद्मा हुने गरेको अवरोध भने हट्ने भएको छ। शनिबार सत्ता र प्रतिपक्षबीच...
-1716093385.jpg)
सहकारी ठगी प्रकरणः समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी आइतबार, जेठ ६, २०८१ सरकारी ठगी प्रकरणको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने सहमतिपछि बनेको कार्यदलको बैठक बसेको छ। आज बसेको कार्यदलको बैठकले सहकारीको पैसा अपचलनका विषयमा छानबिनका लागि बन्ने समितिको कार्यादेश टुंगो लगाउनेछ। कानुन मन्त्रालयमा जारी छलफलमा कानुनमन्त्री पदम गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका...
-1716093692.jpg)
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै आइतबार, जेठ ६, २०८१ शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ। निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो।‘सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो,’ निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भने, ‘ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा...

किर्गिजस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह आइतबार, जेठ ६, २०८१ किर्गिजस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन नेपाल सरकारले आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ हिंसात्मक आक्रमण भएको थियो। पाकिस्तानस्थित नेपाली दूतावासले शनिबार एक सूचना जारी गरी स्थिति सामान्य नहुन्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह गरेको छ। दूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्।

चित्तबुझ्दो पारिश्रमिक नपाएपछि बलिउड अभिनेता अनिल कपूरले छोडे ‘हाउसफुल ५’ आइतबार, जेठ ६, २०८१ बलिउड फिल्म ‘हाउसफुल’ फ्रेञ्चाइजीको पाँचौं हिस्सा ‘हाउसफुल ५’ को सुटिङ तीब्र रुपमा भइरहेको छ। फिल्म सुटिङको तयारी भइरहँदा फिल्मका कलाकारमा बदलाव पनि भइरहेको छ।









