News Griha :: न्यूजगृह
चित्तबुझ्दो पारिश्रमिक नपाएपछि बलिउड अभिनेता अनिल कपूरले छोडे ‘हाउसफुल ५’ 

काठमाडौं— बलिउड फिल्म ‘हाउसफुल’ फ्रेञ्चाइजीको पाँचौं हिस्सा ‘हाउसफुल ५’ को सुटिङ तीब्र रुपमा भइरहेको छ। फिल्म सुटिङको तयारी भइरहँदा फिल्मका कलाकारमा बदलाव पनि भइरहेको छ।

मल्टिस्टारर फिल्ममा अक्षय कुमार प्रमुख भूमिकामा छन्।

फिल्ममा अनिल कपूर पनि प्रमुख हिस्सा थिए। तर अब भने उनले यो फिल्म छोड्ने निर्णय लिएका छन्। अनिलले पारिश्रमिकमा असहमति जनाएपछि फिल्म छोड्ने निर्णय लिएका हुन्।

अनिलले निर्माता साजिद नाडियाडवालासँग आफ्नो पारिश्रमिकमा असहमति जनाउँदै फिल्म छोडेका छन्। कास्टिङमा अचानक भएको फेरबदलका कारण निर्माताले अनिलको स्थानमा नाना पाटेकरलाई अभिनय गराउने भएका छन्। अनिलले के कति पारिश्रमिक मागेका हुन् भन्ने प्रष्ट खुलेको छैन।

फिल्ममा १४ वर्ष पछि अभिनेता अर्जुन रामपाल जोडिएका छन्। अर्जुन ‘हाउसफुल’मा प्रमुख हिस्साका रुपमा थिए। ‘हाउसफुल ५’मा अर्जुनको गम्भीर तर रमाइलो किसिमको भूमिका रहेको बताइएको छ।

‘हाउसफुल’ फ्रेञ्चाइजी भारतमा ५ भागमा निर्माण भएको पहिलो कमेडी फिल्म बनेको छ। ‘हाउसफुल ५’ एक हाउसफुल युनिभर्स फिल्म हो, जहाँ पछिल्लो भागका सबै चरित्र अलग–अलग स्किलका साथ फिल्ममा देखिँदैछन्। ‘हाउसफुल ५’को कथा यसपटक एक क्रुजमा आधारित छ । हाल यूकेमा म्याराथन सेड्युलका साथ अगस्ट २०२४ मा यसको सुटिङ सुरु हुनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:०६
Weather Update