बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै शनिबार, जेठ ५, २०८१

२९ वर्षीया युवतीले जब इच्छामृत्यु रोजिन... शनिबार, जेठ ५, २०८१ नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ। ती युवतीको नाम जोरया टेर बेक हो। उनी जर्मनीको सिमाना नजिकै नेदरल्याण्ड्समा बस्छिन्। उनले साढे तीन वर्षदेखि नेदरल्याण्डस् प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन। द गार्डियनका अनुसार यो महिना उनको मृत्यु हुनसक्छ।

संसदीय छानबिन समिति बनाउन सत्तापक्ष र प्रतिपक्षीबीच सहमति शनिबार, जेठ ५, २०८१ सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सो सहमति भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक शनिबार, जेठ ५, २०८१ सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो। अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि, चिन्ता निवारण, प्रभावकारी सञ्चार र बौद्धिकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित छ।

ताइवानको संसद्मा झडप, सांसदहरुबीच हानाहान शनिबार, जेठ ५, २०८१ समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसद्मा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ। चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसद्मा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ। सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन्।...

संसद् अवरोध खुलाउ सभामुखले दिए प्रधानमन्त्री र ओलीलाई तीन सुझाव शनिबार, जेठ ५, २०८१ सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन्।सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद् सञ्चालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको सन्देश दिएका छन्।

बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल शनिबार, जेठ ५, २०८१ संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ।

पर्यटकको रोजाइमा ‘भ्यु–स्टेसन’ शनिबार, जेठ ५, २०८१ मच्छिमको डाँडामा भ्यु–स्टेसनसहितका पूर्वाधार निर्माण भएपछि गुरिल्ला पदमार्गमा हिँड्ने र धौलागिरि हिमाल आरोहणका लागि जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुगेको छ। पूर्वाधार निर्माण भएसँगै बाह्य पर्यटक आउनेक्रम बढेको स्थानीयले बताएका छन्।म्याग्दीको सदरमुकाम बेनीबाट ३४ किलोमिटर पश्चिमको यात्रा गरेपछि यो ठाउँमा पुग्न सकिन्छ।

मूर्ति व्यवसायबाट मनग्य आम्दानी शनिबार, जेठ ५, २०८१ यही व्यवसायबाट मगरले वार्षिक १३ लाखको कारोबार गर्दै आएका छन्। यसबाट छोराछोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउँछन्। मगरले विभिन्न खालका मूर्ति निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउँछन्। पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव छ। उत्पादित...

एपीएफलाई लगातार चौथो पटक ललितपुर मेयर्स महिला टी२० कपको उपाधि शनिबार, जेठ ५, २०८१ सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो। कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन्। तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले जित हासिल गर्न सकेन।

प्रधानमन्त्रीको दाबी- संसद्को गतिरोध हट्छ, विश्वासको मत पाउँछु शनिबार, जेठ ५, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे। कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुन आवश्यक...

अफगानस्तानको बामियान प्रान्तमा गोली हानी तीन विदेशीसहित ४ जनाको हत्या शनिबार, जेठ ५, २०८१ शुक्रबार भएको घटनामा तीन जना विदेशी र एक जना अफगान नागरिकको मृत्यु भएको हो। आन्तरिक मन्त्रालयका प्रवक्ता मुफ्ती अब्दुल मतिन कानीले मध्य अफगानिस्तानको बामियान प्रान्तमा शुक्रबार भएको आक्रमणमा तीन विदेशी र एक अफगान नागरिकसहित चार जनाको मृत्यु भएको पुष्टि गरे।

मकवानपुर कार दुर्घटनाः दुईको मृत्यु, एक घाइते शनिबार, जेठ ५, २०८१ बकैया गाउँपालिका–१२ चौतारास्थित कान्ति लोकपथमा शनिबार बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। एकजना घाइते छन्।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार हेटौँडा अस्पतालमा उपचारका क्रममा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोनको मृत्यु भएको हो।









