एपीएफलाई लगातार चौथो पटक ललितपुर मेयर्स महिला टी२० कपको उपाधि

काठमाडौं— सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर्स महिला टी२० कपको उपाधि जितेको छ। अपराजित रहँदै एपीएफले शनिबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हासिल गरेको हो।
सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगेपनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको थियो। कविता जोशी १९औ ओभरमा ३ छक्का सहित २३ रन बनाएकी थिइन्। तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले जित हासिल गर्न सकेन।
यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।
योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ।
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१ १६:०८